Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकले अनुदान रकम हस्तान्तरण गरेको छ । बैंकले ऊर्जा बचत कार्य गरेबापत विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको हो । बैंकले जर्मन सरकारबाट केडब्लू एफ बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रमअन्र्तगतरकम हस्तान्तरण गरेको छ । बैंकले पशुपति आइरन एण्ड स्टील प्रालिलाई एक करोड रुपैयाँ, बोटलर्स नेपाल लिमिटेडलाई ५२ लाख ९४ हजार रुपैयाँ, वाग्मती आयल इन्डष्ट्रिजलाई ४३ लाख ३५ हजार रुपैयाँ, हिमाल आइरन एण्ड स्टील प्रालिलाई सात लाख ३४ हजार रुपैयाँ र इस्ट एसियन प्लाष्टिक इन्डष्ट्रिज प्रालिलाई दुई लाख ४० हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी कम्पनीहरूले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक सोमबार एक समारोहका बिच हस्तान्तरण गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरूलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे । उनले हालसम्म १७ वटा उद्योगहरूलाई छ करोड ७४ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट एक्जुकेटिङ प्रोजेक्ट (पीईए)को रूपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ । बैंकका अनुसार यो आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरूलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइनेछ ।

यस आयोजनाअन्तर्गत कुनै एक एकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम एक करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकरी अधिकृतद्वय सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख विनयरमण पौडेल, एडेल्फीका कन्सल्टैन्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरूक्रमशः पशुपति मुरारका, सौरभ थापा, विवेक राठी, जगदिश वैद्य, अनन्तकुमार मण्डलालगायत कर्मचारीहरूकोे उपस्थिति रहेको थियो । उपप्रबन्धक होमराज भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया