Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसिद्धार्थ इन्स्योरेन्सको घुम्ती बीमा सेवा

सिद्धार्थ इन्स्योरेन्सको घुम्ती बीमा सेवा


काठमाडौं, पुस १७
सिद्धार्थ इन्स्योरेन्सले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ । कम्पनीले गण्डकी प्रदेशको रूपाकोट गाउँ पालिकाबाट घुम्ती बीमा सेवाको एक समारोहको बीच सुभारम्भ गरेको हो । गाउँपालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती बीमा सेवाको उद्घाटन गरेका हुुन् । कार्यक्रममा अध्यक्ष चापागाईले घुुम्ती बीमाको माध्यामबाट सहजरूपमा बीमा सेवा प्राप्त हुने भएकोले यसबाट अत्यधिक लाभको लागि आग्रह गर्दै स्थानीय निकायसँगको सहकार्यमा घुम्ती बीमा अझ प्रभावकारी हुनेहुँदा यसतर्फ ध्यान दिन आग्रह गरे ।

गाउँपालिका पदाधिकारी, अगुवा कृषक तथा स्थानीय जनताको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ तथा नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले शुभकामना मन्तव्य दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले घुम्ती बीमा सेवाको उद्देश्य, महत्व र यसबाट हुने फाइदाहरूको बारेमा जानकारी दिएका दिँदै घुम्ती सेवामार्फत घरदैलोबाटै बीमा सेवा लिन आग्रह गरेका थिए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया