
काठमाडौं ।
सेयर बजारको ओरालो गतिले साताको चौथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो पाँच अंकले ओरालो लागेको बजार परिसूचक यसदिन छ दशमलव दुई अंकले ओरालो लागेर दुई हजार ५५ दशमलव २२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ४३ अंकले ओरालो लागेर तीन सय ८६ दशमलव ९८ अंंकमा झरेको छ । यसदिन १२ वटा उपसमूहअन्तर्गतका एक सय ९९ वटा कम्पनीहरूको सेयर कारोबार भएको छ । जसबाट ४९ हजार एक सय ५९ पटकको कारोबारमा एक करोड पाँच लाख ५८ हजार तीन सय ९१ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार पाँच सय ७८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदि १२ वटा उपसमूहको कारोबार भएका छन् । सोमध्ये सातवटा उपसमूहको सूचक उकालो लागेका छन् भने पाँचवटा उपसमूहको सूचक ओरालो लागेका छन् । यसदिन वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ९५ अंकले उकालो लागेर १५ सय चार दशमलव ६७ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि नौ दशमलव छ अंकले उकालो लागेर दुई हजार दुुई सय सात दशमलव ३० अंकमा चढेको छ । यसैगरी उत्पादनमूलक समूहको सूचक पनि २० दशमलव ७२ अंकले उकालो लागेर चार हजार आठ सय ३५ दशमलव ७९ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि ७६ दशमलव ५७ अंकले उकालो लागेर तीन हजार तीन सय ४७ दशमलव ९१ अंकमा चढेको छ ।
यीबाहेक ट्रेडिङ, होटल र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः २४ दशमलव १६, सात दशमलव २७ र शून्य दशमलव शून्य एक अंकले उकालो लागेका छन् । जलबिद्युुत समूहको सूचक भने २४ दशमलव ३६ अंकले ओेरालो लागेर १६ सय ८० दशमलव ९२ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक सय ३८ दशमलव ४२ अंकले ओरालो लागेर नौ हजार सात सय ९९ दशमलव चार अंकमा झरेको छ । यसैगरी जीवन बीमा समूहको सूचक पनि एक सय ६० दशमलव ८५ अंकले ओरालो लागेर १३ हजार पाँच सय ३२ दशमलव ३६ अंकमा झरेकोमा फाइनान्स र अन्य समूहको सूचक पनि क्रमशः दुई दशमलव एक र २६ दशमलव दुई अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको महुुली सामुुदायिक लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर १३ सय नौ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको छ्याङदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेर एक सय ७६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक एनसीसी बैंक आरएमडीसी लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य चार दशमलव ६७ प्रतिशतले घटेर दुुई सय ४५ रुपैयाँमा झरेको छ ।
दोस्रो स्थानमा परेको एनएमबी बैक म्युुचअल फण्डको पनि प्रतियुनिट सेयर मूल्य चार दशमलव ४८ प्रतिशतले घटेर १० रुपैयाँ तीन पैसामा किनबेच भएको छ । यीबाहेक रिडी हाइड्रोपावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रतिकित्ता तीन सय २५ रुपैयाँ अन्तिम मूल्यमा ३९ करोड ४३ लाख ९५ हजार तीन सय ६२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता २२ सय ४२ रुपैयाँ अन्तिम मूल्यमा ३१ करोड ९१ लाख ७६ हजार नौ सय ३० रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया