Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारराजधानीका तीन ठाउँमा मेगा बैंकका नयाँ एक्सटेन्सन काउन्टर

राजधानीका तीन ठाउँमा मेगा बैंकका नयाँ एक्सटेन्सन काउन्टर


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले काठमाडौँंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७, नारायणटार, काठमाडौँंकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७, गुण्डुमा सोमबारदेखि एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याएको हो । एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरूप मेगाले यसअघि पनि बिभिन्न स्थानहरूमा एक्सटेन्सन काउन्टरहरू खोलिसकेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको बैंकको हाल देशभर दुुई सय छवटा शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरहरू सञ्चालित छन् ।



तपाईको प्रतिक्रिया