लिखु खोला हाइड्रोपावरको सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

काठमाडौं ।
लिखु खोला हाइड्रोपावरको सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ । कम्पनीको जारी पुँजी तीन अर्ब १२ करोड ५० लाख पुँजीमध्ये २० प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्याएको जम्मा ६२ लाख ५० हजार कित्ता सेयर प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले सेयरको मूल्य ६२ करोड ५० लाख रुपैयाँको सेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रूपमा नियुक्त गरेको हो ।
सेयर प्रत्याभूति कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्चरको तर्फबाट अनिल अग्रवालले यही मंसिर ३० गते मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् । रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रूपमा रहेको लिखु खोलाबाट ५२ दशमलव ४ मेगावाट विद्युत् उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भइसकेको कम्पनीले जानकारी गराएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- इलामको चिया र दार्जेलिङको चर्चा
- घटेका हवाइ यात्रु र नेपालको पर्यटन नीति
- एक्स्कर्टसको नयाँ डिगम्याक्स थ्रीई मेसिन नेपालमा
- सामसङले एस२० प्लसको मूल्य १० हजार घटायो
- रियलमी आठौँ सिरिजमा १०८ एमपी क्यामेरा
- डिजी पेलाई भुक्तानी सेवा प्रदायकको अनुमति
- सडकमा बिटुमिन इमल्सनको प्रयोग
- राष्ट्र बैंकद्वारा १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया