Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजारमा मौद्रिक नीतिको प्रभाव

सेयर बजारमा मौद्रिक नीतिको प्रभाव

सूचक तथा कारोबार रकम दुवै ओरालो लागे


काठमाडौं ।
सेयर बजारमा मौद्रिक नीति कार्यान्वयनको प्रत्यक्ष प्रभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनमा परिपत्र जारी गरी सेयर धितो कर्जामा कडाइ गरेसँगै त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको हो । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक २२ दशमलव सात अंकले ओरालो लागेर दुुई हजार ३२ दशमलव ५१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव चार अंकले ओरालो लागेर तीन सय ८५ दशमलव ९४ अंकमा झरेको छ ।

यसदिन १२ वटा उपसमूहअन्र्तगत एक सय ९५ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ६१ हजार छ सय चार पटकको कारोबारमा कुल एक करोड ४१ लाख १४ हजार चार सय ६० कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुुंदा कारोबार रकम भने यसदिन छ अर्ब ७६ करोड ९८ लाख ९० हजार आठ सय १५ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा उपसमूहको कारोबार भएका छन् । जसमध्ये लघुवित्त समूहको सूचक नौ दशमलव २८ अंकले उकालो लागेर तीन हजार तीन सय ५७ दशमलव १९ अंकमा चढेकोमा बाँकी समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव चार अंकले ओरालो लागेर १४ सय ९३ दशमलव २७ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि १६ दशमलव ६८ अंकले ओरालो लागेर दुुई हजार एक सय ९० दशमलव ६१ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पनि २७ दशमलव ३६ अंकले ओरालो लागेर १६ सय ५३ दशमलव ५६ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक सय ३५ दशमलव ६९ अंकले ओरालो लागेर नौ हजार छ सय ६३ दशमलव ४५ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समूहको सूचक पनि दुुई सय ७४ दशमलव २७ अंकले ओरालो लागेर १३ हजार दुई सय ५८ दशमलव नौ अंकमा झरेकोमा ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ५८ दशमलव एक, ३२ दशमलव छ, आठ दशमलव ३८, ३५ दशमलव एक, ३२ दशमलव ४५ र शून्य दशमलव शून्य सात अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको महुुली सामुुदायिक लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेर १४ सय ३९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ८० प्रतिशतले घटेर दुई सय ६९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक माउन्टेन इनर्जी नेपाल लिमिटेड, छ्याङदी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ५१ प्रतिशतले घटेर पाँच सय ९१ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल बैंकको सेयर मूल्य छ दशमलव २५ प्रतिशतले घटेर तीन सय ९० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक खानीखोला हाइड्रोपावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १४ सय ९२ रुपैयाँ अन्तिम मूल्यमा ८० करोड २५ लाख ८३ हजार ६५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता २१ सय ९५ रुपैयाँ अन्तिम मूल्यमा ५५ करोड ४० लाख ३३ हजार चार सय १८ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल बैंक, नागरिक लगानी कोष आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया