Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्पर्श लघुुवित्तले २० प्रतिशत लाभांश दिने

स्पर्श लघुुवित्तले २० प्रतिशत लाभांश दिने


काठमाडौं ।
स्पर्श लघुवित्त वित्तीय संस्थाले २० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको यही मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी नौ करोड ४७ लाख ४८ हजार एक सय ९० रुपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाका अनुसार घोषित लाभांशमध्येमा १९ दशमलव ५० प्रतिशत अर्थात् एक करोड ८२ लाख ८० हजार आठ सय ९७ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि नौ लाख ६२ हजार एक सय ५२ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वनमा आउने संस्थाले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया