Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारआरएसडीसी लघुवित्तले १२ प्रतिशत लाभांश वितरण गर्ने

आरएसडीसी लघुवित्तले १२ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं ।
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको यही मंसिर २८ गते बसेको सञ्चाल समितिको एक सय छैटौं बैठकले संस्थाको हाल कायम रहेको चुक्ता पुँजी ६७ करोड १५ लाख २२ हजार सात सय २० रुपैयाँबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा नौ प्रतिशत अर्थात् छ करोड चार लाख ३७ हजार ४५ रुपैयाँबराबरको बोनस सेयर र तीन दशमलव ६३ प्रतिशत अर्थात् दुई करोड ४३ लाख ८६ हजार आठ सय ७८ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी निर्णय नेपाल राष्ट्र बैंकको निर्णय एवं संस्थाको यही पुुस २४ गते हुने सातौं वार्षिक साधरणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही पुस १० गते सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।



तपाईको प्रतिक्रिया