Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनआईबीएल एस क्यापिटलमा डिम्याट र मेरो सेयर खाता निःशुल्क

एनआईबीएल एस क्यापिटलमा डिम्याट र मेरो सेयर खाता निःशुल्क


काठमाडौं ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबीएल एस क्याप्टिल लिमिटेडले पुुस एक गतेदेखि लागू हुनेगरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो सेयर दर्ता सुरु गरेको छ । कम्पनीका अनुसार यो योजना सीमित अवधिको लागि मात्र भएकोले सोही मितिबाट एनआईबीएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल इन्भेष्टमेण्ट बैंकको देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो सेयर पनि दर्ता गर्न सक्ने कम्पनीले जनाएको छ । यसका अतिरिक्त एनआईबीएलले एकैदिनमा डिम्याट खाता तथा मेरो सेयर दर्ता प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ । एनआईबीएलसँग आबद्ध भई आफ्नो् प्रतिक्रिया तथा सुझाव दिई सेवा प्रवाहमा सुधार ल्याउन मदत गर्ने सम्पूर्ण ग्राहकहरूप्रति कतज्ञताज्ञापन गरेको छ ।



तपाईको प्रतिक्रिया