Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र चितवनको रत्ननगर नगरपालिकाबीच सम्झौता

नेपाल बैंक र चितवनको रत्ननगर नगरपालिकाबीच सम्झौता


काठमाडौं ।
नेपाल बैंक र चितवनको रत्ननगर नगरपालिकाबीच सम्झौता भएको छ । बैंकले चितवन जिल्लास्थित पर्यटकीय रत्ननगर नगरपालिकाबीच उक्त नगरपालिकाद्वारा सञ्चालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौताहरूमा बुधबार हस्ताक्षर गरेको हो । रत्ननगर नगरपालिका एवं नेपाल बैंकबीच ‘नगरप्रमुख उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा सम्झौता भएको हो ।

उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य व्यवसाय प्रवर्द्धन तथा रत्ननगर नगरपालिकाको नगरप्रमुख उद्यमशीलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशील बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि एकीकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरूलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्द्धन गर्न, विदेशबाट फर्केका युवाहरूको विदेशमा आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेसालाई आधुनिकीकरण गरी व्यावसायिकता अभिवृद्धि गर्न, जनजाति, सीमान्तकृत, अपांगता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशीलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले रत्ननगर नगरपालिका र नेपाल बैंकबीच उक्त सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा रत्ननगर नगरपालिकाको तर्फबाट नगरप्रमुख नारायण वनबाट हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख बिमलादेवी दुवाडी, प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, नेपाल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, प्रमुख सञ्चालन अधिकृत लक्ष्मण पौडेल, सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, वाग्मती प्रादेशिक कार्यालयका प्रमुख प्रतिभा डंगोल, कृषि कर्जा डिभिजनका प्रमुख बिष्णुहरि न्यौपाने, बैंकको रत्ननगर शाखाका शाखा प्रबन्धक रविन्द्र गिरीलगायतको उपस्थिति रहेको थियो । नेपालकै फ्ल्यागसिप बैंकको रूपमा रहेको बैंकले हाल दुुई सय तीनवटा शाखाहरू, एक सय ३२ बटा एटीएम तथा ३८ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ र चालू आर्थिक वर्षभित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या दुई सय १४ पु-याउने लक्ष्यका साथ कार्यहरू अगाडि बढाइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया