Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसहकारी बैंकद्वारा १५ प्रतिशत लाभांश वितरण

सहकारी बैंकद्वारा १५ प्रतिशत लाभांश वितरण


काठमाडौं ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले आव २०७६/०७७ को कारोबारबाट सेयर सदस्य सहकारी संघ संस्थाहरूलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १७औं वार्षिक साधारणसभा सकिएकै दिन शुक्रबार बैंकले लाभांश सदस्य संघसंस्थाको खाता पठाएको हो । साधारणसभाले १५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले बताए । सोही निर्णयअनुसार लाभांश पनि सहकारीहरूको खातामा पठाइसकिएको उनको भनाइ छ ।

बैंकले यसपटकको साधारणसभा एकाइगतरूपमा सातवटै प्रदेशमा गरेको थियो । एकाइ प्रतिनिधिहरूको साधारणसभा शुक्रबार जुममार्फत सम्पन्न भएको र अध्यक्षको सल्लाहअनुसार शुक्रबार नै देशभरका सहकारीहरूको खातामा लाभांशको रकम पठाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

बैंकले गत आर्थिक वर्षको कारोबारबाट २७ करोड ७८ लाख रुपैयाँ लाभांश वितरण गरेको हो । सहकारी बैंकले विगत ३ वर्षदेखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले शुक्रबार नै एक विज्ञप्ति प्रकाशित गरी बैंकसँग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ संस्थाहरूको संरक्षित पुँजीफिर्ता कोषको रकम पनि छिट्टै पठाउने जनाएको छ ।

बैंकले लाभांशबाहेक कारोबारका आधारमा संरक्षित पुँजीफिर्ता कोषबाट पनि सदस्य सहकारीहरूलाई रकम उपलब्ध गराउँदै आएको छ । संरक्षित पुँजीफिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समयपछि प्रदान गरिने गुरागाईले बताए । बैंकले गत वर्षको कारोबारबाट १२ करोड ७३ लाख रुपैयाँ संरक्षित पुँजीफिर्ता कोषबाट बैंकसँग कारोबार गर्ने सहकारी संघसंस्थाहरूलाई प्रदान गर्ने भएको छ । यसभन्दा अगाडि आव २०६५/०७६ को कारोबारबाट नौ करोड ३५ लाख र २०७४/०७५ को कारोबारबाट चार करोड ४३ लाख रुपैयाँ संरक्षित पुँजीफिर्ता कोषबाट रकम प्रदान गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया