मर्चेन्ट बैंकरका प्रतिनिधिद्वारा बोर्डका अध्यक्ष ढुंगानासँग भेटवार्ता

काठमाडौं ।
मर्चेन्ट बैंकर एसोसियसन अफ नेपालका नवनियुक्त पदाधिकारीहरूले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँग शुक्रबार भेट गरेका छन् । संघका अनुसार प्रतिनिधिमण्डलको नेतृत्व मर्चेन्ट बैंकर एसोसियसन अफ नेपालका नवनियुक्त अध्यक्ष मेखबहादुर थापाले गरेका थिए । उक्त अवसरमा बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले एसोसियसनका नवनियुक्त पदाधिकारीलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
भेटमा एसोसियसनका नवनियुक्त अध्यक्ष थापाले धितोपत्र बजार विकास र विस्तारका लागि मर्चेन्ट बैंकरले निभाउनुपर्ने भूमिकाका सन्दर्भमा एसोसियसनले पहलकदमी गर्ने बताउँदै बोर्डको विशेष सहयोगको अपेक्षा गरे । त्यस्तै, एसोसियसनका निवर्तमान अध्यक्ष ध्रुव तिमिल्सिनाले धितोपत्र बजारसम्बन्धी नीतिनिर्माण गर्दा एसोसियसनसँग छलफल गरी बोर्डले उचित स्थान दिएको स्मरण गर्दै आगामी दिनमा समेत यसको निरन्तरता रहने विश्वास व्यक्त गरे ।
भेटका क्रममा बोर्ड अध्यक्ष ढुंगानाले मर्चेन्ट बैंकर थप व्यावसायिक हुनुपर्ने तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताए । धितोपत्र बजारमा हालका दिनमा सकारात्मक परिवर्तन भइरहेको बताउँदै उनले यो बजारलाई सूचना प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । त्यस्तै, उनले बजार सहभागीहरूले लगानीकर्ताको हितलाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । उक्त भेटमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ र बजार विकासका सम्बन्धमा आफ्नो धारणा राखे ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया