Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशिखर इन्स्योेरेन्सको सवारी बीमामा अतिरिक्त लाभ बीमालेख योजना

शिखर इन्स्योेरेन्सको सवारी बीमामा अतिरिक्त लाभ बीमालेख योजना


काठमाडौं ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको बीमा क्षेत्रमै नौलो सवारीसाधन अतिरिक्त लाभ बीमा लेखको थालनी गरेको छ । यो बीमालेख अन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारीसाधन पुनस्र्थापना र दैनिक सवारी भाडा÷यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभहरूको लागि बीमा गर्न सकिनेछ ।

हाललाई यस किसिमको अतिरिक्त लाभ बीमालेख कार, जिप, मोटरसाइकल र स्कुटरजस्ता चार पाङ्ग्रे र दुई पाङ्ग्रे निजी सवारीसाधनको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै सवारीसाधन बीमाअन्तर्गत व्यापक सवारीसाधन बीमा भएका सवारीसाधनलाई मात्र यस अतिरिक्त लाभ प्रदान गरिनेछ र यस बीमालेखको बीमा अवधि व्यापक सवारीसाधन बीमाको अवधिको समान हुनेछ । सवारीसाधन बनेको वा नेपालमा दर्ता भएको मितिबाट १० वर्षभन्दा कम उमेरका सवारीसाधनको लागि मात्र यसकिसिमको बीमा गरिनेछ ।

सवारीसाधन बीमाले क्षतिको समयमा पूर्ण राहत दिन नसक्ने हुँदा यसकिसिमको बीमालेखले सवारीधनीलाई अझ बढी राहत दिने कम्पनीले विश्वास लिएको छ । ह्रासकट्टी हटाउने लाभअन्तर्गत व्यापक सवारीसाधन बीमाअन्तर्गत सवारीसाधन क्षति भई पार्टपुर्जाहरू फेर्नुपर्ने अवस्थामा सो पार्टपुर्जाहरूको सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्यांकनअनुसार भएको ह्रासकट्टीको रकम मात्र भुक्तानी गरिनेछ ।

नयाँ सवारीसाधन पुनर्स्थापना लाभअन्तर्गत व्यापक सवारीसाधन बीमाअन्तर्गत पूर्ण क्षति भएको वा चोरी भएको अवस्थामा समान प्रकारको सवारीसाधन विक्रेताको शोरुममा रहेको नयाँ मूल्य र व्यापक सवारीसाधन बीमालेखको बीमांक रकमको फरक रकम भुक्तानी गरिनेछ । दैनिक सवारी भाडा÷यातायात खर्च लाभअन्तर्गत व्यापक सवारीसाधन बीमाअन्तर्गत सवारीसाधन पूर्ण क्षति वा चोरी भएको अवस्थामा अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिनसम्मको यातायात÷भाडा खर्च भुक्तानी गरिनेछ । यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपाङ्ग्रे सवारी साधनको लागि फरक हुनेछ । साथै उक्त दैनिक भाडादर सवारी साधनको मूल्यअनुसार पनि फरक–फरक हुनेछ ।

यस बीमाअन्तर्गत बीमितले प्रत्येक लाभको लागि शून्य दशमलव १० प्रतिशतदेखि शून्य दशमलव ५१ प्रतिशतसम्मको बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ । यस बीमालेखअन्तर्गत बीमितले कुनै एक वा एकभन्दा बढी लाभहरू लिन पाउनेछन्, जसको लागि प्रत्येक लाभको लागि भिन्दाभिन्दै बीमाशुल्क लाग्नेछ र यस किसिमको बीमा शुल्क सवारीसाधनको व्यापक बीमालेखको लागि लाग्ने बीमाशुल्कबाहेकको अतिरिक्त शुल्क हुने कम्पनीले जनाएको छ । साथै व्यापक बीमालेखअन्तर्गको अधिक रकम र साल्भेज रकम यस बीमाले समावेश नगर्ने समेत कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया