Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच सम्झौता


काठमाडौं ।
युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बीच बिहीबार काठमाडौँँमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पाँचवटा पालिकास्तमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरूलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी तालिमप्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोहीे उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उद्यमी बन्न चाहने युवा र बैंकबीचको खाडल यो सम्झौतापछि हट्ने बताउँदै लाखौँ युवाहरू उत्पादनसँग जोडिई स्वारोजगार बन्ने बताए । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले यो तालिमले युवालाई व्यवसाय र सीप विकासको ज्ञान दिने हुँदा बैंकको कर्जा दुरूपयोग हुने जोखिम घट्ने बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा राष्ट्रिय युवा परिषद्का उपसचिव कमला ज्ञवालीले युवाहरूलाई यो कर्जाले उद्यमशीलताको विकास गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगाना, बैंकका उपकार्यकारी अधिकृतद्वय सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरू सरोज बस्नेत, राज्य लक्ष्मी खड्गी, युवा उद्यमी सञ्जालका संयोजक लोचन बस्नेत, कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया