Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसंसद् विघटन भएसँगै ओरालो लाग्यो सेयर बजार

संसद् विघटन भएसँगै ओरालो लाग्यो सेयर बजार

बजार परिसूचक १९ सय अंकमा, एकैदिन ९६ अंकले गिरावट


काठमाडौं ।
साताको सुरुवाती कारोबार दिन आइतबार सेयर बजारमा राजनीतिक प्रभाव बढी देखिएको छ । पछिल्ला दिनहरूमा सकारात्मक लय समातेको सेयर बजारमा आइतबार संसद् विघटनको प्रभाव देखिएको छ । यसदिन बजार परिसूचक एकैदिन ९६ दशमलव ८८ अंकले ओरालो लागेर १९ सय ३५ दशमलव ६३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३९ अंकले ओरालो लागेर तीन सय ६९ दशमलव ५५ अंकमा झरेको छ ।

यसदिन ११ वटा उपसमूहअन्तर्गत एक सय ९८ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ७९ हजार नौै सय ६७ पटकको कारोबारमा एक करोड ४५ लाख नौ हजार पाँच सय ३३ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा एकै दिन नौ अर्ब चार अर्ब करोड ८९ लाख २७ हजार पाँच सय ४७ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन ११ वटा उपसमूहको कारोबार भएमध्ये सबैंको सूचक ओरालो लाग्दा बजार पूरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ४४ दशमलव ३३ अंकले ओरालो लागेर १४ सय ४८ दशमलव ९४ अंकमा झर्दा विकास बैंक समूहको सूचक पनि ८० दशमलव ९२ अंकले ओरालो लागेर दुुई हजार एक सय नौ दशमलव ७० अंकमा झरेको छ । जलविद्युुत् समूहको सूचक पनि एक सय १० दशमलव ४१ अंकले ओरालो लागेर १५ सय ४३ दशमलव १५ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि पाँच सय २९ दशमलव ९९ अंकले ओरालो लागेर नौ हजार एक सय ३३ दशमलव ४७ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समूहको सूचक पनि छ सय ६९ दशमलव ६१ अंकले ओरालो लागेर १२ हजार पाँच सय ८८ दशमलव ४८ अंकमा झरेको छ । ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि यसदिन क्रमशः ८६ दशमलव ४२, ५१ दशमलव ९१, २० दशमलव ५३, एक सय ४० दशमलव ५४, एक सय ३९ दशमलव ५१ र शून्य दशमलव ११ अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य नौ दशमलव ८० प्रतिशतले बढेर तीन सय २५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको महुुली सामुदायिक लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि आठ दशमलव ३४ प्रतिशतले बढेर १५ सय ५९ रुपैयाँमा किनबेच भएको छ ।

यीबाहेक एनआईसी एसिया बैंक, युनाइटेड फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले घटेर १२ सय ८७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेरुडे लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि नौ दशमलव ९७ प्रतिशतले घटेर नौ सय ८४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, अपर तामाकोशी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको २१ सय पाँच रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब एक करोड ४५ लाख छ हजार सात सय ५३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको पनि प्रतिकित्ता १३ सय ४७ रुपैयाँ अन्तिम मूल्यमा ७५ करोड ४५ लाख १३ हजार छ सय ८६ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया