महालक्ष्मी विकास बैंकका ऋणीहरूलाई ब्याजमा छुट

काठमाडौं ।
महालक्ष्मी विकास बैंकले ऋणीहरूलाई कर्जाको ब्याजमा छुुट दिएको छ । बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरूको पेसा, व्यवसाय तथा उद्योगहरूमा पर्नगएको असरलाई मध्यनजर गर्दै ऋणीहरूलाई राहत प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनरकर्जा कार्यविधिअन्तर्गत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम सञ्चालन गरिरहेका १२ सय ५० भन्दा बढी ऋणीहरूको ७२ करोडभन्दा बढी कर्जाको ब्याज दर घटाई पाँच प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको हो ।
यसरी पुनर्कर्जा सुविधाका लागि कोभिड १९ को असर परेका उद्यमीहरूका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका विपन्न वर्ग, कृषक तथा महिलाहरूलाई प्राथमिकता दिएको बैंकले जनाएको छ । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय तीनवटा शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकमा ग्राहक संख्या पाँच लाखभन्दा बढी रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नेतृत्वका कारण झन् तनावको खतरा
- रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक पक्राउ
- यातायात र स्वास्थ्य क्षेत्रका कम्पनीमा धेरै विवाद
- एयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवानाको सजाय
- हल्लाले सेयरबजार हल्लायो
- सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
- ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग
- नेपाल बैंकद्वारा फोन–पेको क्यूआर स्टेन्ड वितरण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया