Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफ इन्स्योरेन्सको कामु सीईओमा खत्री

नेसनल लाइफ इन्स्योरेन्सको कामु सीईओमा खत्री


काठमाडौं ।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको काम प्रमुुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । कम्पनीको सीईओ भरतबहादुर बस्नेतको पदावधि पुस ५ गते आइतबारबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सीईओ बस्नेतको पदावधि पुस ५ गतेबाट सकिएपछि उनलाई बिदाइ गरिएको जानकारी पनि कम्पनीले दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया