Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविजय लघुवित्तले २० प्रतिशत लाभांश दिने

विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने


काठमाडौं ।
बिजय लघुुवित्त वित्तीय संस्थाले २० प्रतिशत अर्थात् चार करोड ४८ लाख छ हजार तीन सय रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी २२ करोड ४० लाख ३१ हजार पाँच सय रुपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा १९ प्रतिशत अर्थात् चार करोड २५ लाख ६५ हजार नौ सय ८५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक प्रतिशत अर्थात् २२ लाख ४० जार तीन सय १५ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणका सम्बन्धमा संस्थाको यही पुुस पाँच गते बसेको सञ्चालक समितिको एक सय २४औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया