राष्ट्र बैंकद्वारा २१ अर्ब तीन करोड रुपैयाँको ट्रेजरी बिक्री

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले २१ अर्ब तीन करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न दुुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही मंसिर ३० गते पनि छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । जारी मिति पुस ७ गते तोकिएको उक्त ट्रेजरीमध्ये ९१ दिने अवधिको १४ अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।
सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ चैत १० गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि विसं २०७८ असार ८ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ पुुस ६ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही मंसिर ३० गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीगरेको थियो । राष्ट्र बैंकका अनुसार यी दुवै ट्रेजरीहरू पुरानो नवीकरणअन्तर्गतको रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- मलेसियाको सामाजिक सुरक्षा योजनामा नेपाली नागरिक सहभागी हुन पाउने
- नदीमा माछा पाउन छाडेपछि गुजारा चलाउन मुस्किल !
- पेट्रोलियम अपचलन गर्ने एक हजार ट्यांकरमाथि कारबाही
- अनधिकृत व्यापार हटाउन पुरातत्व विभागसँग माग
- मुख्य नदीहरूमा पानीजहाज सञ्चालन गरी भारतसँग जलमार्गमार्फत व्यापार गर्ने
- नेतृत्वका कारण झन् तनावको खतरा
- रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक पक्राउ
- यातायात र स्वास्थ्य क्षेत्रका कम्पनीमा धेरै विवाद
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया