नबिल बैंकले ३५ दशमलव २६ प्रतिशत लाभांश दिने

काठमाडौँ ।
नबिल बैंकले करसहितको कुल ३५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको यही पुुस छ गते सम्पन्न भएको सञ्चालक समितिको पाँच सय ५२औं बैठकले बैंकको आव २०७६/७७ को मुनाफामध्येबाट सेयरधनीहरूलाई कर सहितको कुल ३५ दशमलव २६ प्रतिशत लाभांश (३३ दशमलव पाँच प्रतिशत बोनस सेयर अर्थातु १०० कित्ताबराबर ३३ दशमलव पाँच कित्ता तथा कर प्रयोजनको निमित्त एक दशमलव ७६ प्रतिशत नगद लाभांश) वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६औं वार्षिक साधारणसभाको स्वीकृतिपश्चात् आवश्यक प्रक्रिया पूरा गरी वितरण गरिने बैंकले जानकारी दिएको छ ।
बैंकले आव २०७६/७७ मा निजी क्षेत्रका बैंकहरूमध्ये उच्चतम मुनाफा तीन अर्ब ४६ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३ दशमलव ६१ प्रतिशत र प्रतिसेयर आम्दानी ३६ रुपैयाँ १६ पैसा हासिल गरी आफ्नो वासलात विस्तार गर्दै दुुई खर्ब ३८ अर्ब पु-याएको छ । बैंकको सञ्चालन मुनाफा पाँच अर्ब नौ करोड रहेको छ । आव २०७५/७६ मा वित्तीय क्षेत्रबाट ठूला करदाताहरूमध्ये सबैभन्दा बढी आयकर बुझाउन सफल बैंकको रूपमा नबिल बैंक स्थापित भएको छ ।
यस बैंकले आधुनिकीकरणलाई आत्मसात गर्दै डिजी बैंकको अवधारणालाई समेत अवलम्बन गरेको छ । नबिल बैंकले एक सय १९ वटा शाखाहरू, एक सय ८५ वटा एटीएमहरूको विशाल संरचना र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापीरूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरूसँग अघि बढ्ने विश्वास राखेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- इलामको चिया र दार्जेलिङको चर्चा
- घटेका हवाइ यात्रु र नेपालको पर्यटन नीति
- एक्स्कर्टसको नयाँ डिगम्याक्स थ्रीई मेसिन नेपालमा
- सामसङले एस२० प्लसको मूल्य १० हजार घटायो
- रियलमी आठौँ सिरिजमा १०८ एमपी क्यामेरा
- डिजी पेलाई भुक्तानी सेवा प्रदायकको अनुमति
- सडकमा बिटुमिन इमल्सनको प्रयोग
- राष्ट्र बैंकद्वारा १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया