Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसाधना लघुवित्तद्वारा २० प्रतिशत लाभांश घोषणा

साधना लघुवित्तद्वारा २० प्रतिशत लाभांश घोषणा


काठमाडौँ ।
साधना लघुुवित्तवित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांशमध्येमा १९ प्रतिशत अर्थात् चार करोड ७८ लाख १३ हजार दुुई सय रुपैयाँबराबरको बोनस सेयर रहेको छ भने एक प्रतिशत अर्थात् २१ लाख ७७ हजार आठ सय रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणका सम्बन्धमा संस्थाको पछिल्लो पटक बसेको ८२औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया