सनराइज बैंकको ५६औं शाखारहित बैंकिङ सेवा झापामा

काठमाडौँ ।
सनराइज बैंक लिमिटेडले झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका–६, शान्तिनगर, गौंडामा शाखारहित सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैैकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५६ पुगेको छ । बैंकले बुद्धशान्ति गाँउपालिका–६, शान्तिनगर–गौंडामा खोलेको शाखारहित बैकिङ सेवाको प्रतिनिधिका रूपमा सुनिल बस्नेतलार्ई नियुक्त गरेको छ ।
बैंकिङका अमनुसार मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा बुद्धशान्ति गाँउपालिका वडा नं. ६ का वडा सदस्य लेखनाथ निरौलाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सनराइज बैंक, प्रदेश १ का प्रमुख विवेक निरौला, बुधबारे शाखाका शाखा प्रबन्धक तेजबहादुर थापा मगर र अन्य बैंकका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरूले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरू लिन सकिने बैंकले जनाएको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा बैंकिङ पहुँच पु¥याउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ । हालसम्म सनराइजले एक सय ३९ वटा शाखा, ५६ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउन्टर र एक सय ६१ वटा एटीएममार्फत आफ्ना सात लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि बैकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ ।
ताजा अपडेट
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया