Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसिद्धार्थ इन्स्योरेन्सद्वारा नेपाल स्टारको टप आठ विजेतासहित निर्णायकहरूको बीमा

सिद्धार्थ इन्स्योरेन्सद्वारा नेपाल स्टारको टप आठ विजेतासहित निर्णायकहरूको बीमा


काठमाडौँ ।
सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको उत्कृष्ट आठमा पुग्न सफल आठ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरू एवं निर्देशकको एक वर्षको दुर्घटना बीमा प्रदान गर्ने भएको छ ।सोसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिसका प्रबन्ध निर्देशक रबिन्द्रकुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुुन् ।

सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री वरिष्ठ गायक रामकृष्ण ढकाल, वरिष्ठ गायिका अन्जु पन्तलगायत कम्पनीका वरिष्ठ पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट आठमा प्रतिस्र्पधा गरिरहेका उम्मेदवारहरूको उपस्थिति रहेको थियो ।

उत्कृष्ट आठ जनालाई जनही १५ लाख एवं निर्णायकहरू एवं निर्देशकको २५ लाख रकमबराबरको दुर्घटना बीमा रहेको छ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड निर्जीवन बीमा कम्पनीमध्ये नेपालको एक अग्रणी बीमा कम्पनी हो ।



तपाईको प्रतिक्रिया