Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको निक्षेप पाँच प्रतिशतले वृद्धि

बैंकिङ क्षेत्रको निक्षेप पाँच प्रतिशतले वृद्धि

आयातनिर्यात र हायर पर्चेज कर्जाको मागमा कमी


काठमाडौँ

बैैंकिङ क्षेत्रमा निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको चार महिनाको अवधिमा बैंकिङ क्षेत्रको निक्षेप पाँच प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन दशमलव एक प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २० दशमलव आठ प्रतिशतले बढेको छ । २०७७ कात्तिकमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः सात दशमलव नौ प्रतिशत, ३३ दशमलव चार प्रतिशत र ५० दशमलव एक प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अंश क्रमशः सात दशमलव सात प्रतिशत, ३२ दशमलव पाँच प्रतिशत र ४८ दशमलव सात प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२ दशमलव सात प्रतिशत रहेको छ । २०७६ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव सात प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ११ दशमलव एक प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह चार दशमलव नौ प्रतिशतले र विकास बैंकहरूको कर्जा प्रवाह छ दशमलव तीन प्रतिशतले बढेको छ भने फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह शून्य दशमलव पाँच प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका अनुसार २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव दुई प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव चार प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७६ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ दशमलव चार प्रतिशत र १३ दशमलव छ प्रतिशत रहेको थियो ।

चालू आवको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा सात दशमलव चार प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा एक दशमलव छ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा तीन दशमलव एक प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा पाँच दशमलव पाँच प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा चार दशमलव सात प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा सात दशमलव छ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा पाँच दशमलव सात प्रतिशतले, ओभरड्राफ्ट कर्जा चार दशमलव तीन प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा सात दशमलव छ प्रतिशतले, रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) तीन दशमलव आठ प्रतिशतले र मार्जिन प्रकृति कर्जा २१ दशमलव छ प्रतिशतले बढेको छ । यस अवधिमा ट्रष्ट रिसिट अर्थात् आयात कर्जा दुुई दशमलव आठ प्रतिशतले र हायर पर्चेज कर्जा तीन दशमलव तीन प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया