सातामा ३४ अर्ब ७१ करोड ९० लाखको सेयर किनबेच
बजार परिसूचक दुई हजार ३८ बिन्दुमा

काठमाडौं ।
यस साता सेयर बजार परिसूचक दुुई हजार ३८ दशमलव ६३ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८६ दशमलव ७६ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुुई सय पाँचवटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार दुई लाख ९९ हजार नौ सय चार पटकको कारोबारमा छ करोड ११ लाख ३८ हजार छ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ३४ अर्ब ७१ करोड ९० लाख ३८ हजार ५० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै चार अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय पाँचवटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार दुई लाख ५९ हजार दुई सय पाँच पटकको कारोबारमा चार करोड ४७ लाख ६६ हजार चार सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ३० अर्ब आठ करोड ७५ लाख १९ हजार एक सय ३५ रुपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन नेप्से बढेको थियो भने तेस्रो, चौथो र पाँचौं दिन नेप्से घटेको थियो ।
यस साता पनि नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । तीमध्ये पहिलो र पाँचौँ दिन बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो, तेस्रो र चौथो दिन भने बजार परिसूचक उकालो लागेको थियो । जसमध्ये पहिलो दिन बजार परिसूचक ९६ दशमलव ८८ अंकले ओरालो लागेर १९ सय ३५ दमसलव ६३ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ३९ अंकले ओरालो लागेर तीन सय ६९ दशमलव ५५ अंकमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक ३० दशमलव ३३ अंकले उकालो लागेर १९ सय ६५ दशमलव ९६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव एक अंकले उकालो लागेर तीन सय ७६ दशमलव ५६ अंकमा चढेको थियो ।
तेस्रो दिन बजार परिसूचक ९५ दशमलव ४६ अंकले उकालो लागेर दुुई हजार ६१ दशमलव ४१ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव १८ अंकले उकालो लागेर तीन सय ९१ दशमलव ७४ अंकमा चढेको थियो । चौथो दिन पुुनः बजार परिसूचक सात दशमलव चार अंकले उकालो लागेर दुुई हजार ६८ दशमलव ४५ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने एक दशमलव २४ अंकले ओरालो लागेर तीन सय ९० दशमलव ५१ अंकमा झरेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक २९ दशमलव ८३ अंकले ओरालो लागेर दुई हजार ३८ दशमलव ६३ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७४ अंकले ओरालो लागेर तीन सय ८६ दशमलव ७६ अंकमा झरेको थियो ।
यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, प्रभु बैंक आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल क्रेडिट एण्ड कमर्स बैंक, प्रभुु बैंक, एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा कम्पनी आदिको बढी सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । सूचीकरण तथा भने यो साता युुनाइटेड इर्दी मर्दी आरबी हाइड्रोपावर कम्पनीको ४२ लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- पेट्रोलियम अपचलन गर्ने एक हजार ट्यांकरमाथि कारबाही
- अनधिकृत व्यापार हटाउन पुरातत्व विभागसँग माग
- मुख्य नदीहरूमा पानीजहाज सञ्चालन गरी भारतसँग जलमार्गमार्फत व्यापार गर्ने
- नेतृत्वका कारण झन् तनावको खतरा
- रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक पक्राउ
- यातायात र स्वास्थ्य क्षेत्रका कम्पनीमा धेरै विवाद
- एयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवानाको सजाय
- हल्लाले सेयरबजार हल्लायो
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया