Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनागरिक लगानी कोषले एक अर्ब ३५ करोड रुपैयाँबराबरको हकप्रद जारी गर्ने

नागरिक लगानी कोषले एक अर्ब ३५ करोड रुपैयाँबराबरको हकप्रद जारी गर्ने


काठमाडौं ।
नागरिक लगानी कोषले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कोषले यही पुस २८ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ३५ लाख ९२ हजार पाँच सय ९२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।अधिकृत पुँजी आठ अर्ब तथा जारी पुँजी आठ अर्ब रुपैयाँ रहेको कोषको हाल चुक्ता पुँजी एक अर्ब ६४ करोड सात लाख ४० हजार रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने कोषको चुक्ता पुँजी तीन अर्ब रुपैयाँ पुग्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको कम्पनीको सेयर बिक्री आगामी माघ १९ गते बन्द हुनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया