Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारतरकारी बजारमा डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्न क्यूआर कोडबाट भुक्तानी

तरकारी बजारमा डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्न क्यूआर कोडबाट भुक्तानी


काठमाडौं ।
डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहलअन्तर्गत, नक्साल, काठमाडौँस्थित नक्साल तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित शुुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा फलफूल तथा तरकारी खरिद गर्दा क्यूआर कोडबाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी भएको हो । यस तरकारी बजारमा अपवादबाहेक सम्पूर्ण पसलहरूमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिनेछ ।

डिजिटल अर्थतन्त्रको विकासका लागि नेपाल राष्ट्र बैंकले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको परिप्रेक्ष्यमा यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिँदै दैनिक उपभोग गर्ने वस्तुहरूको खरिदमा डिजिटल बैंकिङको प्रयोगलाई बढावा दिन यो नमूना मोडलको थालनी भएको भन्ने हामीले बुझेका छौँ । कार्यक्रममा नेपाल राष्ट्र बैंक र सानिमा बैंकका कर्मचारीलगायत उपस्थि तदर्शक तथा ग्राहकहरूले पनि फोन–पे सञ्जालअन्तर्गतका क्यूआर कोडबाट भुक्तानी गरी डिजिटल बैंकिङको अनुभव लिएका छन् ।

डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरूलाई निःशुल्क क्यूआर कोड वितरण गरेको थियो । त्यसैगरी भायनेट कम्युनिकेसनले निःशुल्क वाइफाइको व्यवस्था गरेको छ । खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा क्यूआर कोडबाट कारोबार निकै सरल र सुरक्षित रहेको पाइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया