Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १९ सय ९८ अंकमा

बजार परिसूचक १९ सय ९८ अंकमा

३९ अंकले घट्दा चार अर्ब ६६ करोडको सेयर किनबेच


काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३९ दशमलव ९८ अंकले ओरालो लागेर १९ सय ९८ दशमलव ६५ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३३ अंकले ओरालो लागेर तीन सय ८१ दशमलव ४३ अंकमा झरेको छ । यसदिन १२ वटा उपसमूहअन्तर्गत दुुई सय चारवटा कम्पनीहरूको ४२ हजार आठ सय ४२ पटक सेयर किनबेच भएका छन् । यसबाट कुुल ८२ लाख ५४ हजार सात सय आठ कित्ता सेयर किनबेच हुुँदा कुल कारोबार रकम भने चार अर्ब ६६ करोड ९३ लाख ६३ हजार छ सय ५८ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुुल उपसमूहमध्ये सबैको सूचक ओरालो लागेका छन् । जसबाट सेयर बजार पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक उपसमूहको सूचक २३ दशमलव १२ अंकले ओरालो लागेर १५ सय २४ दशमलव ३० अंकमा झर्दा विकास बैंक उपसमूहको सूचक पनि १० दशमलव २९ अंकले ओरालो लागेर दुुई हजार एक सय ४५ दशमलव १२ अंकमा झरेको छ । जलविद्युुत् उपसमूहको सूचक पनि ३० दशमलव ६९ अंकले ओरालो लागेर १५ सय ७९ दशमलव तीन अंकमा झर्दा लघुुवित्त उपसमूहको सूचक पनि ४१ दशमलव ८५ अंकले ओरालो लागेर तीन हजार एक सय ८३ दशमलव २६ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि दुुई सय ३८ दमसलव ४५ अंकले ओरालो लागेर नौ हजार तीन सय दुुई दशमलव ४९ अंकमा झर्दा जीवन बीमा समूहको सूचक पनि पाँच सय १९ दशमलव ४८ अंकले ओरालो लागेर १३ हजार एक सय ८४ दशमलव ७० अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः सात दशमलव ३१, ९३ दशमलव ११, पाँच दशमलव तीन, ४६ दशमलव चार, ४३ दशमलव १७ र शून्य दशमलव शून्य पाँच अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य नौ दशमलव ८१ प्रतिशतले बढेर चार सय १० रुपैयाँ किनबेच भएको छ । दोस्रो स्थानमा परेको आशा लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि चार दशमलव ८३ प्रतिशतले बढेर नौ सय १२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सिन्धुु विकास बैंक, जोशी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सोल्टी होटल लिमिटेडको सेयर मूल्य पाँच दशमलव ८५ प्रतिशतले घटेर एक सय ९३ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको विशाल बजार कम्पनीको सेयर मूल्य पनि पाँच दशमलव ५४ प्रतिशतले घटेर २५ सय ४१ मा किनबेच भएको छ । यीबाहेक नेपाल इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता २२ सय २४ रुपैयाँ अन्तिम मूल्यमा ६६ करोड ७० लाख ४१ हजार चार सय १९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नबिल बैंकको पनि १३ सय ८२ रुपैयाँ अन्तिम मूल्यमा ४० करोड १५ लाख २४ हजार आठ सय ३१ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया