बैंक अफ काठमाण्डूका ग्राहकलाई एल्लो प्यागोडामा सहुलियत

काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले एल्लो प्यागोडा होटलमा सहुुलियत पाउने भएका छन् । बैंक र यल्लो प्यगोडा होटलबीच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहहरूलाई १५ प्रतिशत छुट र तीन हजार पाँच सय रुपैयाँमा होटलको कोठा उपलब्ध गराउने सम्झौता भएको हो ।
यो सम्झौतापश्चात् ग्राहकहरूले यल्लो प्यागोडा होटलको सेवाहरू उपभोगबापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा होटलको कोठा तीन हजार पाँच सय रुपैयाँमा (सर्तहरू लागु हुनेछन्) शुल्कमा उपभोग गर्न पाउने तथा अन्य सुविधाहरूमा वास्तविक मूल्यको १५ प्रतिशत छुट पाउनेछन् । यल्लो प्यगोडा होटलले काठमाडांँ र पोखराबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।
उक्त सम्झौतामा बैंकका कार्ड विभागप्रमुख अमर राजभण्डारी र यल्लो प्यगोडा होटलको महाप्रबन्धक अर्जुन केसीले हस्ताक्षर गरेका छन् । बैंकले हाल ९१ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया