Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज हुने

एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज हुने


काठमाडौं ।
एनआईसी एसिया लघुुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् । स्वदेशी लघुवित्तले दिएको जानकारीअनुसार संस्थाको यही पुस १० गते बसेको सञ्चालक समितिको ९८औं बैठकले एनआईसी एसिया लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने विषयमा सम्झौता गरेको हो । मर्जर तथा प्राप्तिसम्बन्धी विनियमावली २०७३ अनुसार उक्त सम्झौता गरिएको संस्थाले जानकारी दिएको छ ।सम्झौतामा एनआईसी एसिया लघुवित्तको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तका तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात् एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।



तपाईको प्रतिक्रिया