एनएमबी बैंकका तीन नयाँ शाखारहित सेवा

काठमाडौं ।
एनएमबी बैंकले एकैदिन तीन शाखारहित सेवा विस्तार गरेको छ । बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यको साथ एकैपटक तीन नयाँ स्थानमा शाखारहित सेवा सञ्चालनमा ल्याएको हो । बैंकले प्रदेश १ मा रौतमाई गाउँपालिका–०६, चिसापानी, उदयपुर, प्रदेश २ मा क्रमशः तिरहुत गाउँपालिका–०४, डिमन, सप्तरी र तिलाठी कोइलाडी गाउँपालिका–८, टोपा सप्तरीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो । यो समेत बैंकको शाखारहित सेवाको संख्या ३३ पुगेको छ ।
हालको परिवेश र सम्बन्धित सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दूरीसहित सुरक्षाका सम्भव उपायहरू अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी वर्ग र बैंकको केन्द्रीय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरू भने भर्चुअलरूपमै उपस्थित भई उक्त सेवाको शुभारम्भ गरिएको बैंकका प्रदेश २ का प्रमुख राजेश तिम्सिनाले बताए । बैंकले आफ्ना नवीनतम सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम जारी राखेको छ ।
सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखारहित सेवाले देशभरिका सर्वसाधारण साथै सबै सेगमेन्टको वित्तीय आवश्यकतालाई पूरा गर्ने प्रयास गर्नुको साथै बैंकको उपस्थितिको आधारलाई मजबुत बनाउने विश्वास गरिएको छ । बैंकले हाल एक सय ८० शाखाहरू, नौवटा विस्तारित काउन्टरहरू, ३३ शाखारहित सेवा, एक सय ३५ एटीएमहरूको मजबुत सञ्जालका साथै चार सयवटा पस मेसिन र १० हजारभन्दा बढी क्यूआर कोडमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया