Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेष्टमेन्ट बैंकको २०औं एक्सटेन्सन काउन्टर मंगलबजारमा

नेपाल इन्भेष्टमेन्ट बैंकको २०औं एक्सटेन्सन काउन्टर मंगलबजारमा


काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ललितपुरको मंगलबजारमा आफ्नो २०औं एक्सटेन्सन काउन्टरमार्फत सेवा सञ्चालनलाई विस्तार गरेको छ । बैंकका अनुसार काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरेका हुुन् । बैंकले हाल आफ्ना ८३ शाखाहरू, एक सय २६ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन–युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया