आठ दशमलव ५७ अंंकले उकालो लाग्यो सेयर बजार

काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन ३९ दशमलव ९८ अंकले ओरालो लागेको बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार आठ दशमलव ५७ अंकले उकालो लागेर दुुई हजार सात दशमलव २९ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन एक दशमलव १४ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ५७ अंकमा चढेको छ । यसदिन १२ वटा उपसमूहअन्तर्गत दुुई सय १४ वटा कम्पनीहरूको ३६ हजार दुुई सय ४५ पटक सेयर किनबेच भएका छन् । जसबाट ७४ लाख ९७ हजार तीन सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम भने तीन अर्ब ८५ करोड तीन लाख २० हजार ४५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका उपसमूहमध्ये तीनवटा उपसमूहको सूचक ओरालो लागेका छन् भने बाँकीको उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ३४ अंकले उकालो लागेर १५ सय ३३ दशमलव ७५ अंकमा चढेकोमा जलविद्युत् समूहको सूचक पनि दुुई दशमलव ७४ अंकले उकालो लागेर १५ सय ८१ दशमलव ७७ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ७५ दशमलव ३३ अंकले उकालो लागेर नौ हजार तीन सय ७७ दशमलव ८२ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि २९ दशमलव ६५ अंकले उकालो लागेर १३ हजार दुुई सय १५ दशमलव ३९ अंकमा चढेको छ । यसदिन होटल, फाइनान्स, उत्पादनमूलक, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः तीन दशमलव ४३, दुुई दशमलव पाँच, ९७ दशमलव ७९, छ दशमलव आठ र शून्य दशमलव शून्य तीन अंकले उकालो लागेका छन् ।
ट्रेडिङ समूहको सूचक भने यसदिन ४८ दशमलव ६५ अंकले ओरालो लागेर १९ सय ३२ दशमलव ३७ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि १० दशमलव २९ अंकले ओरालो लागेर २१ सय ३४ दशमलव ८४ अंकमा झरेको छ । यसैगरी अन्य समूहको सूचक पनि शून्य दशमलव ९८ अंकले ओरालो लागेर १५ सय २४ दशमलव २९ अंकमा झरेको छ ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य नौ दशमलव ९० प्रतिशतले बढेर चार सय ५५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सेल्ट्रल फाइनान्सको सेयर मूल्य पनि नौ दशमलव ६२ प्रतिशतले बढेर एक सय ७१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक राधी जलविद्युुत् कम्पनी, एनसीसी बैंक आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सिद्धार्थ बैंक ऋणपत्र २०८२ को प्रतियुनिट सेयर मूल्य भने सात दशमलव ६० प्रतिशतले घटेर एक हजार ३४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको समिट लघुवित्त वित्तीय संंस्थाको सेयर मूल्य पनि तीन दशमलव ८७ प्रतिशतले घटेर नौ सय १९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, सांग्रिला डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता २२ सय २४ रुपैयाँ अन्तिम मूल्यमा ३४ करोड ९१ लाख ८० हजार ५२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नागरिक लगानी कोषको पनि प्रतिकित्ता पाँच सय आठ रुपैयाँ अन्तिम मूल्यमा ३२ करोड ३५ लाख १८ हजार चार सय १० रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । (आर्थिक दैनिकबाट)
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया