Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकको ‘माइ मोबाइल मनी’ भिडियो प्रतियोगिता, डिजिटल बैंकिङलाई प्रोत्साहन

लक्ष्मी बैंकको ‘माइ मोबाइल मनी’ भिडियो प्रतियोगिता, डिजिटल बैंकिङलाई प्रोत्साहन


काठमाडौं ।
लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियानअन्तर्गत डिजिटल बैंकिङका विशेषता र लाभहरूको बारेमा जनचेतना जगाउने उद्देश्यले माइ मोबाइल मनी भिडियो प्रतियोगिताको घोषणा गरेको छ । बैंकका अनुसार यो प्रतियोगिताअन्तर्गत सहभागीहरूले बैंकको मोबाइल बैंकिङ सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनुु पर्नेछ । यसरी प्राप्त भिडियोहरूको भावनात्मक पक्ष, सृजनात्मकता, कथावस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार प्रदान गरिनेछ ।

यस एक महिने अभियान डिजिटल डिसेम्बरको माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङजस्ता डिजिटल विकल्पहरूलाई अपनाउने रुचिको अभिवृद्धि गर्ने व्यापक प्रयास गरेको छ । बैंकको मोबाइल मनी एप गुुगल प्लेस्टोर र एपल स्टोरमा उपलब्ध हुुनेछ । माइ मोबाइल मनी क्राउड सोर्सिङमा आधारित दास्रो प्रतियोगिता हो ।

यसअघि बैंकले सञ्चालन गरेको डेबिट कार्ड र डिजाइनिङ प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त भएको थियो । बैंकले प्राप्त सुझावहरूलाई समेटेर डेबिट कार्डको डिजाइन समावेश गरेको छ । ग्राहकहरूलाई आफ्नो रचनात्मक प्रतिभालाई क्रियाशील बनाई बैंकको विविध अभियानहरूमा संलग्न हुने अवसर प्रदान गर्न यस्ता अभियानहरू निरन्तर सञ्चालन गर्ने बैंकको उद्देश्य लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया