Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकर्स संघको उपाध्यक्षमा उपाध्याय

बैंकर्स संघको उपाध्यक्षमा उपाध्याय


काठमाडौं ।
वाणिज्य बैंकहरूको छाता संगठन बैंकर एसोसिएसनको रिक्त रहेको उपाध्यक्ष पदमा कृषि विकास बैंकका प्रमुुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय निर्विरोध भएका छन् । संघको रिक्त रहेको तीन पदमा पदाधिकारी निर्विरोधरूपमा चयन भएका हुुन् ।

संघका अनुसार नेपाल एसबीआई बैंकबाट अनुकूल भटनागर बाहिरिएपछि उपाध्यक्ष पद खाली रहेको थियो । बहालवाला बैंकर मात्र कार्य समितिमा हुने संघको विधानमा व्यवस्था भएपछि उक्त पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय निर्विरोधरूपमा चयन भएका हुन् । रिक्त रहेको अन्य दुईवटा पदमा भने माछापुच्छ्रे  बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे निर्विरोधरूपमा चयन भएका छन् ।

संघका अनुसार माछापुच्छेबाट सुमन शर्मा बाहिरिएपछि एक सदस्य पद रिक्त थियो भने यसैपाली सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको कार्यकाल सकिएपछि त्यहाँ माछापुच्छ्रे प्रमुख कार्यकारी अधिकृृत कोइराला चयन भएका हुन् । संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया