Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारचारवटा बैंक तथा फाइनान्स कम्पनीहरूको सेयर मूल्य समायोजन

चारवटा बैंक तथा फाइनान्स कम्पनीहरूको सेयर मूल्य समायोजन


काठमाडौं ।
चारवटा बैंक तथा फाइनान्स कम्पनीहरूले सेयर मूल्य समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको तेस्रो कारोबार दिन मंगलबार हिमालयन बैंकसहितका चारवटा संस्थाहरूले सेयर मूल्य समायोजन गरेका हुन् ।

सोमध्ये मितेरी डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ३७ रुपैयाँ कायम गरेको छ । उक्त बैंकको पछिल्लो पटक तीन सय ८७ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको थियो । यसैगरी हिमालयन बैंकले पनि १४ प्रतिशत बोनस सेयर समायोजन गरी प्रतिकित्ता सेयर मूल्य पाँच सय ६१ रुपैयाँ तोकेको छ । बोनस समायोजन गरी हिमालयन बैंकको प्रतिकित्ता छ सय ३९ रुपैयाँ अन्तिम मूल्यमा सेयर किनबेच भएको थियो ।

नेप्सेका अनुसार लक्ष्मी बैंकले पनि सात प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुुई सय चार रुपैयाँ कायम गरेको छ । बोनस समायोजन अघि बैंकको प्रतिकित्ता दुई सय १८ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ । यसैगरी नागरिक लगानी कोषले पनि ८२ दशमलव ८४ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य २७ सय ८४ रुपैयाँ कायम गरेको छ । बोनस समायोजनअघि कोषको प्रतिकित्ता पाँच हजार आठ रुपैयाँमा सेयर किनबेच भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया