Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारई–सेवा मनी ट्रान्सफर र अलफर्दान एक्सचेन्जबीच सम्झौता

ई–सेवा मनी ट्रान्सफर र अलफर्दान एक्सचेन्जबीच सम्झौता


काठमाडौं ।
ई–सेवा मनी ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच सम्झौता भएको छ । दुवै कम्पनीका प्रतिनिधिहरूले रेमिट्यान्स कारोबारमा सहकार्य गर्ने विषयमा सम्झौता गरेका हुुन् । यो सेवा सुरु भएसँगै यूएईमा रहेका नेपालीहरूले ‘अलफर्दान एक्सचेन्ज’ का ६५ वटा शाखाहरूबाट नगदमा तथा कुनै पनि बैंक खातामा र ई–सेवा वालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम ई–सेवा मनी ट्रान्सफरका नेपाल भर रहेका आठ हजारभन्दा धेरै एजेन्ट तथा ई–सेवा वालेट एपमार्फत पनि प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र अलफर्दान एक्सचेन्ज रेमिटेन्सको तर्फबाट पूर्वप्रमुख कार्यकारी अधिकृत ओसामा अल राहमाले हस्ताक्षर गरेका हुुन् ।

ई–सेवा मनी ट्रान्सफरले डिजिटल र एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । ई–सेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रूपमा स्थापना गर्ने उद्देश्य रहेको ई–सेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया