Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारप्रभु क्यापिटलको ‘टिकटक च्यालेन्ज’

प्रभु क्यापिटलको ‘टिकटक च्यालेन्ज’


काठमाडौं ।
प्रभु क्यापिटलले टिकटक च्यालेन्जमा सहभागी हुने अवसर प्रदान गरेको छ । आफ्नो स्थापनाकालदेखि नै गुणस्तरीय सेवा र ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै आएको क्यापिटलले टिकटक क्याम्पियन आयोजना गरिरहेको छ । आफ्ना टिकटक भिडियोहरूबाट लोकप्रियता कमाउन सफल रेश्मा घिमिरेले आफ्नो टिकटक एकाउन्टमा अपलोड गरेको प्रभु क्यापिटलको गीत र सोही क्याप्सनसहित आफ्नो टिकटक भिडियो अपलोड गरेर यस प्रतियोगितामा सहभागिता जनाउन सकिनेछ ।

यही पुस ९ गतेदेखि माघ ८ गतेभित्र प्रभु क्यापिटलको गीतमा टिकटक बनाउने सहभागीहरूमध्ये उत्कृष्ट तीन प्रतियोगीहरूले हेलिकोप्टरको फ्लाइटमार्फत गोसाइँकुण्ड घुम्ने मौका प्राप्त गर्नेछन् । हाल सबैको रुचि बनेको टिकटकमार्फत आयोजना हुने यो प्रतियोगिता उल्लेखनीय सहभागिता रहने अपेक्षा पनि गरिएको छ । साथै यस टिकटक प्रतियोगिता अवधिभरि प्रभु क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्ने अवसर पनि रहेको बताइएको छ ।



तपाईको प्रतिक्रिया