घरेलु लघुवित्तको दोस्रो वार्षिक साधारणसभा

काठमाडौं ।
घरेलुु लघुुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको उक्त संस्थाले दोस्रो साधारणसभा संस्थाका अध्यक्ष आङदेण्डी शेर्पाको सभापतित्वमा मंगलबार काभ्रेको बनेपास्थित पञ्चकन्या बैंक्वेटमा सम्पन्न गरेको हो । सभाले घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र समता लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जरलाई अनुमोदन गरेको छ । राष्ट्रियस्तरको यस संस्थाले १० जिल्ला कार्यक्षेत्र रहेको समता लघुवित्तलाई गाभ्ने प्रस्ताव साधारणसभाले अनुमोदन गरेको छ ।
राष्ट्रियस्तरको यस संस्थाले स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरूमा १३ शाखा कार्यालयहरू स्थापना गरी विगत २ वर्षदेखि लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले २०७७ मंसिर मसान्तसम्ममा सात हजार तीन सय घर परिवारहरूमा सेवा विस्तार गर्दै ५९ करोडभन्दा बढी लगानी गरी लगानीमा रहिरहेको रकम ३० करोड ५९ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
- ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग
- नेपाल बैंकद्वारा फोन–पेको क्यूआर स्टेन्ड वितरण
- सिटिजन्स बैंकका ग्राहकहरूलाई सुप्रिम क्याफे एन्ड लाउन्जमा विशेष छुट
- सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक
- टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा
- रिम्याक अटोमोबिलीका मेट, जसले विद्युतीय हाइपर कार बनाउँछु भन्दा मानिसहरु हाँस्थे
- सडक निर्माणमा मोदी सरकारले कीर्तिमान बनायो
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया