Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो माइक्रोफाइनान्सको अभिमुखीकरण तथा लघुवित्त तालिम

मेरो माइक्रोफाइनान्सको अभिमुखीकरण तथा लघुवित्त तालिम


काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरूलाई एकदिने अभिमुखीकरण तथा लघुवित्त तालिम सम्पन्न गरेको छ । नवनियुक्त कर्मचारीहरूलाई संस्थासम्बन्धी कार्य तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने उद्देश्यले तालिम दिइएकोे थियो । तालिममा नवनियुक्त ३७ जना कर्मचारी सहभागी थिए ।

एकदिने कार्यक्रमको समापन समारोहमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले नवनियुक्त कर्मचारीहरूलाई हौसला प्रदान गर्दै यसकिसिमको तालिमले कर्मचारीहरूको कार्यकुशलतामा वृद्धि हुनुका साथै कर्मचारीले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयं एवं संस्थाको दिगो विकासमा योगदान पुग्ने बताए ।

कार्यक्रममा सहभागी कर्मचारीहरूले सो तालिमबाट काम गर्ने हौसला मिलेको साथै सबैसँग परिचय गर्ने मौका मिलेको हुनाले तालिम निकै लाभदायक भएको बताएका थिए । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ५९ जिल्लामा एक सय २० शाखा कार्यालयमार्फत एक लाख १८ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु¥याइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया