Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार ११ सय ६६ अंकमा

सेयर बजार ११ सय ६६ अंकमा


काठमाडौं, पुस १८
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक तीन दशमलव २९ अंकले ओरालो लागेर ११ सय ६६ दशमलव २१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव एक अंकले ओरालो लागेर दुुई सय ५२ दशमलव १८ अंकमा झरेको छ । यसदिन कुुल एक सय ७० वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार सात हजार ८३ वटा कारोबारमा १६ लाख ६० हजार चार सय छ कित्ता सेयर खरिदबिक्री हँुदा कारोबार रकम ५३ करोड २२ लाख ११ हजार दुुई सय ११ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार नौवटा समूहको सूचक ओरालो लागेका छन् भने तीनवटा समूहको सूचक उकालो लागेका छन् । सोमध्ये पनि वाणिज्य बैंक समूहको सूचक दुुई दशमलव दुुई अंकले ओरालो लागेर एक हजार ३६ दशमलव एक अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि एक दशमलव १९ अंकले ओरालो लागेर १५ सय ९० दशमलव ५७ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि १६ दशमलव २२ अंकले ओरालो लागेर चार हजार पाँच सय २४ दशमलव १८ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ४८ दशमलव ८४ अंकले ओरालो लागेर पाँच हजार आठ सय ६२ दशमलव ५८ अंकमा झरेको छ ।

यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः तीन दशमलव ९५, ७२ दशमलव ९९, एक दशमलव १३, ११ दशमलव ९७ र शून्य दशमलव शून्य दुुई अंकले ओरालो लागेका छन् । जलविद्युुत् समूहको सूचक भने दुई दशमलव २४ अंकले उकालो लागेर नौ सय ३४ दशमलव ५३ अंकमा चढेकोमा उत्पादनमूलक समूहको सूचक पनि ४१ दशमलव २२ अंकले उकालो लागेर दुुई हजार चार सय १२ दशमलव ३३ अंकमा चढेकोे छ । यसैगरी लघुुवित्त समूहको सूचक पनि १५ दशमलव ५६ अंकले उकालो लागेर १६ सय ७९ दशमलव ४८ अंंकमा चढेको छ ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य आठ रूपैयाँ ३३ पैसाले बढेर ६५ रूपैैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल सेवा लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य सात रूपैयाँ ६८ पैसाले बढेर पाँच सय १९ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक शिवम सिमेन्ट, समता लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट फण्डको सेयर मूल्य सात रूपैयाँ ५८ पैसाले घटेर एक सय ३४ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ओरन्टल होटल समूहको प्रतिकित्ता सेयर मूल्य पाँच रूपैैयाँ २१ पैसाले घटेर चार सय ७३ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक विशाल बजार कम्पनी, रिलायन्स फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा शिवम् सिमेन्ट परेको छ । उक्त कम्पनीको प्रतिकित्ता चार सय ८९ रूपैयाँ अन्तिम मूल्यमा नौ करोड २१ लाख ४९ हजार सात सय ५९ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नौ सय ५० रूपैयाँ अन्तिम मूल्यमा तीन करोड ११ लाख ५७ हजार पाँच सय ९७ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक प्रभु बैंकको संस्थापक सेयर, डिप्रोक्स लघुुवित्त वित्तीय संस्था आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया