Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको रक्तदान कार्यक्रम

ग्लोबल आईएमई बैंकको रक्तदान कार्यक्रम


काठमाडौं, पुस १८
ग्लोबल आईएमई बैंकले रक्तदान कार्यक्रम गरेको छ । बैंकले १३औं वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो । बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा आयोजना गरिएको रक्तदान कार्यक्रमा चार सय ७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरूले रक्तदान गरेका छन् । केन्द्रीय कार्यालयको आयोजनामा बैंकको कान्तिपथ शाखा तथा उपत्यकाबाहिर सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

उपत्यकाबाहिर प्रदेश नं. १ को विराटनगर शाखा, प्रदेश नं. २ को जनकपुर शाखा, प्रदेश नं. ३ को नारायणगढ र चितवन भण्डारा शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, प्रदेश नं. ५ को बुटवल चौराहा शाखा र नेपालगञ्ज शाखामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा यही पौष १७ गतेदेखि एक महिनासम्म विभिन्न सामाजिक कार्यहरू आयोजना गर्ने जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया