Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसिद्धार्थ बैंकमा ‘रिभर्स फ्याक्टरिङ’ सुविधा

सिद्धार्थ बैंकमा ‘रिभर्स फ्याक्टरिङ’ सुविधा


काठमाडौं ।
सिद्धार्थ बैंकले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहकहरूलाई लक्षित गरी रिभर्स फ्याक्टरिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो सेवाअन्तर्गत कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकहरूलाई व्यावसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरूबाट जारी गरिएको आवधिक इन भ्वाइसलाई निश्चित शुल्क लिई डिस्काउन्ट गरी इनभ्वाइसबापतको रकम तत्काल बिक्रीवितरकलाई उपलब्ध गराउनेछ । यसबाट खरिदकर्ता ग्राहकले बिक्री वितरकबाट विशेष सहुलियत तथा छुटमा वस्तु खरिद गर्न सहयोग पु-याउने बैंकले विश्वास लिएको छ । यो सुविधा बैंकले एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेद्वारा यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामसँगको सहकार्यमा विकसित ‘क्विक भुक्तानी’ नामक प्लाटफर्मबाट कार्यान्वयन गर्नेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया