लुम्बिनी विकास बैंकको लुम्बिनी सहयात्रा मुद्दती खाता
काठमाडौं, पुस १८
लुम्बिनी विकास बैंकले लुम्बिनी सहयात्रा मुद्दती खाता सञ्चालन ल्याएको छ । निरन्तर सहयात्रा भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ ‘लुम्बिनी सहयात्रा मुद्दती खाता’ मुद्दती निक्षेप योजना सार्वजनिक गरेको हो । सबै तहका ग्राहकहरूलाई लक्ष्य गरी ल्याइएको लुम्बिनी सहयात्रा मुद्दती खाताले ग्राहकहरूलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै उचित प्रतिफल प्रदान गर्नेछ ।
बैकका अनुुसार यस मुद्दती निक्षेप बचत खातामा ग्राहकहरूले आफ्नो दुर्घटनाबाट मृत्यु वा पूर्ण तथा आंशिक अशक्तताका लागि १० लाखसम्मको बीमा सुविधा तथा एक लाख रुपैयाँसम्मको औषधि उपचार बीमा सुविधासमेत प्राप्त गर्न सक्नेछन् । लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाताअन्तर्गत ग्राहकहरूले निःशुल्क एबीबीएस सुविधा, खाता विवरण, चेक बुक, मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड र लकर सुविधामा ५० प्रतिशत छुट प्राप्त गर्र्नेेछन् । साथै लुम्बिनी सहयात्रा मुद्दती खातामा बैंकले सार्वजनिक गरेको ब्याजदरमा शाखाबाटै थप शून्य दशमलव ५० प्रतिशत ब्याज सुविधा प्रदान गर्न सकिने छ । लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाता योजानले मुलुकका सबै क्षेत्र, भेग र तहलाई फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकको २०७६ मंसिर मसान्तसम्म चुक्ता पुँजी दुुई अर्ब ५८ करोड ६९ लाख ६३ हजार पाँच सय ५१ रुपैयाँ, कर्जा लगानी २३ अर्ब ९४ करोड ७८ लाख सात हजार तीन सय १४ रुपैयाँ रहेको छ भने कुुल निक्षेप २७ अर्ब आठ करोड ६३ लाख ६२ हजार सात सय ९७ रुपैयाँ रहेको छ । बैकले आज २०७५/०७६ मा ५८ करोड ९७ लाख एक हजार दुुई सय १५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले यही पुुस २९ गते हुने साधारणसभामा सेयर होल्डरहरूलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले हाल देशभरका ६६ शाखाहरू र १६ वटा एटीएमबाट आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया