Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसन् २०२० को अन्तिम दिन : सेयर बजार

सन् २०२० को अन्तिम दिन : सेयर बजार

२५ अंंकले उकालो लाग्दा पाँच अर्ब ७० करोडको सेयर खरिदबिक्री


काठमाडौं ।
सेयर कारोबार परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार पनि उकालो लागेको छ । सन् २०२० को अन्तिम दिन समेत परेको यस दिन बजार परिसूचक २५ दशमलव २१ अंकले उकालो लागेर दुई हजार ८७ दशमलव २७ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव चार अंकले उकालो लागेर तीन सय ९८ दशमलव ७० अंकमा चढेको छ ।

यसदिन १२ वटा उपसमूहअन्तर्गत दुई सय सातवटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ५० हजार तीन सय ८६ पटकको कारोबारमा एक करोड १४ लाख ६४ हजार दुई सय कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुुँदा यसदिन कुल कारोबार रकम पाँच अर्ब ७० करोड ३४ लाख ६९ हजार आठ सय ३७ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुुल उपसमूहमध्ये निर्जीवन बीमा उपसमूहको सूचक ९६ दशमलव ४३ अंकले ओरालो लागेर नौ हजार चार सय ४० दशमलव चार अंकमा झरे पनि बाँकी समूहको सूचक भने उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक उपसमूहको सूचक ३० दशमलव ५७ अंकले उकालो लागेर १५ सय ८५ दशमलव २२ अंकमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि १४ दशमलव ३१ अंकले उकालो लागेर २१ सय २९ दशमलव ४५ अंकमा चढेको छ । जलविद्युत् उपसमूहको सूचक पनि चार दशमलव आठ अंकले उकालो लागेर १५ सय ८२ दशमलव ६९ अंकमा चढेकोमा लघुवित्त उपसमूहको सूचक पनि शून्य दशमलव १८ अंकले उकालो लागेर ३२ सय ८५ दशमलव ८३ अंकमा चढेको छ ।

यसैगरी जीवन बीमा उपसमूहको सूचक पनि एक सय ७२ दशमलव ७१ अंकले उकालो लागेर १३ हजार चार सय ७१ दशमलव ५४ अंकमा चढेकोमा टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः एक सय ८७ दशमलव ७३, एक दशमलव ३१, चार दशमलव २९, दुई दशमलव ४५, २३ दशमलव ८९ र शून्य दशमलव शून्य एक प्रतिशतले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर छ हजार दुई सय ८१ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको एभरेष्ट बैंकको सेयर मूल्य पनि छ दशमलव ९४ प्रतिशतले बढेर सात सय ७० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक लक्ष्मी बैंक, सिद्धार्थ बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य तीन दशमलव ७८ प्रतिशतले घटेर चार सय ३३ रुपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि दुुई दशमलव ९५ प्रतिशतले घटेर पाँच सय ९३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक राष्ट्रिय बीमा कम्पनी, कर्णाली विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन हिमालयन डिष्ट्रिलरी प्रालिको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता पाँच हजार दुई सय ८० रुपैयाँ अन्तिम मूल्यमा ४६ करोड ८३ लाख १७ हजार तीन सय १७ रुपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता २२ सय ९५ रुपैयाँ अन्तिम मूल्यमा ३४७ करोड छ लाख ३४ हजार ७३ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नागरिक लगानी कोष, नेपाल टेलिकम, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।

आधा दर्जनभन्दा बढी संस्थाहरूको बोनस समायोजन
साताको अन्तिम कारोबार दिन आधा दर्जनभन्दा बढी संस्थाहरूले बोनस समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार यसदिन वाणिज्य बैंक, जलविद्युत् कम्पनी र लघुवित्त वित्तीय संस्था समेतका आठवटा कम्पनीहरूले बोनस समायोजन गरेका हुन् ।
जसमध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १३ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुई सय ३५ रुपैयाँ कायम गरेको छ । पछिल्लो पटक उक्त बैंकको प्रतिकित्ता दुई सय ६६ रुपैयाँमा सेयर कारोबार भएको छ ।

बरुण हाइड्रोपावर कम्पनीले पनि पाँच प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ७१ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त कम्पनीको प्रतिकित्ता एक सय ८० रुपैयाँमा सेयर कारोबार भएको थियो । यसैगरी सेन्चुरी कमर्सियल बैंकले पनि साताको अन्तिम कारोबार दिन बिहीबार पाँच दशमलव २५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ९९ रुपैयाँ तोकेको छ । पछिल्लो पटक बैंकको प्रतिकित्ता दुई सय नौ रुपैयाँमा सेयर कारोबार भएको थियो ।

कामना सेवा विकास बैंकले पनि चार दशमलव ४० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुई सय १६ रुपैयाँ तोकेको छ । पछिल्लो पटक बैंकको प्रतिकित्ता दुई सय २५ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको थियो । यीबाहेक नेपाल बैंक, एनएमबी बैंक, साधना लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्थाले पनि बोनस सेयर समायोजन गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया