सिद्धार्थ बैंकको सप्ताहव्यापी रक्तदान
काठमाडौं, पुस १८
सिद्धार्थ बैंकले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यही पुुस ११ देखि पुस १६ गतेसम्म देशका विभिन्न १० स्थानहरूस विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटौंडा, काठमाडौँं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बैंकका उच्च व्यवस्थापन तहका कर्मचारीलगायत अधिकांश कर्मचारी, ग्राहकवर्ग तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको उक्त रक्तदान कार्यक्रममा चार सय ९८ जना रक्तदाताहरूले रक्तदान गरेका थिए ।
यस कार्यक्रमबाट देशमा विद्यमान रक्त अभावलाई केही हदसम्म भए पनि सहज हुने विश्वास बैंकले लिएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले हाल देशभर एक सय ७८ वटा शाखा (चारवटा एक्सटेन्सन काउन्टरसहित), एक सय एकवटा शाखारहित बैंकिङ सेवा, एक सय ९७ एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया