सिभिल बैंकले ‘युथ म्युजिक कन्टेस्ट २०२१’ को प्रायाजन गर्ने

काठमाडौं ।
सिभिल बैंकल ‘युथ म्युजिक कन्टेस्ट २०२१’ को प्रायोजने गर्ने भएको छ । बैंकले दया फाउन्डेसनले नयाँ वर्षको अवसर पारेर युवाहरूलाई लक्षित गर्दै ‘युथ म्युजिक कन्टेस्ट २०२१’ नामक सांगीतिक प्रतिस्प्रर्धात्मक कार्यक्रममा मुख्य प्रायोजन गर्ने भएको हो । यस प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम, दोस्रो तथा तेस्रो पुरस्कार २५ हजार, १५ हजार १० हजार रुपैयाँ पाउनेछन् ।
यो कार्यक्रममा १५ वर्षदेखि २८ वर्षसम्मका युवाहरूले सहभागी हुनपाउनेछन् ।
इच्छुक प्रतियोगीहरूले मोबाइल एप्लिकेसनहरू जस्तैः स्टार मेकर, स्म्युल, इत्यादि अथवा आफैँले वा समूहमा वाद्ययन्त्र बजाएर गाइएको गीत (अधिकतम लम्बाइ ५ मिनेटसम्मको) ‘युथ म्युजिक कन्टेस्ट २०२१’ फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ । प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन् यद्यपि नेपालको विभिन्न मौलिक भाषामा गाइएका गीतलाई भने प्राथमिकता दिइनेछ । नयाँ प्रतिभावान युवा गायक तथा गायिकाहरूलाई प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको हुनाले नवप्रतिभाहरूलाई विशेष प्राथमिकताका साथ सहभागिताका लागि आह्वान गरिएको छ ।
पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिकसम्म गर्नुपर्नेछ । निर्णायकमण्डलद्वारा गायकीको स्तर मापनपश्चात् जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरूको छनोट गरिनेछ । ती २१ प्रातिस्पर्धीहरूले दोस्रो चरणको गीत जनवरी १८ तारिकसम्म अपलोड गरिसक्नुपर्नेछ । अन्तिम चरणमा युथ म्युजिक कन्टेस्ट २०२१ का विजेताहरूको घोषणा ७० प्रतिशत युथम्युजिक कन्टेस्ट २०२१ को फेसबुक ग्रुपमार्फत प्राप्त लाइकको आधारमा र ३० प्रतिशत निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिनेछ ।
दया फाउन्डेसनको तीन मूलभूत उद्देश्य शिक्षा, स्वास्थ्य तथा संस्कृतिमध्ये यो कार्यक्रमले नेपाली संस्कृतिलाई योगदान पु-याउने कुरा दया फाउन्डेसनका संस्कृति क्षेत्रका संयोजक निभा माथेमा प्रधानले बताइन् । हाल कोरोनाको कहरको कारणले गर्दा युवाहरू माझ व्याप्त मानसिक तनाबलाई न्यूनीकरणका लागि पनि यो सांगीतिक कार्यक्रमको आयोजना गरिएको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
ताजा अपडेट
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया