Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारलिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा

लिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा


काठमाडौँ ।
ग्लोबल आईएमई बैंकले लिवाङ जिल्लास्थित आर्मी ब्यारेक परिसरमा एटीएम सेवा सुरु गरेको छ । उक्त नयाँ एटीएम सेवा थप भएसँगै बैंकको एटीएम संख्या दुई सय ४० पुगेको छ । उक्त एटीएम सेवा खड्ग दल गण, लिबाङ रोल्पाका प्रमुख सेनानी सुधिर केसीले उद्घाटन गरेका हुन् ।

बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुकलगायतका ग्राहकहरूलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको दुई सय ६४ शाखा सञ्जालसहित दुई सय ४० एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुई सय ४३ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सम्र्पक कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।



तपाईको प्रतिक्रिया