Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक दुई हजार ८७ बिन्दुमा

बजार परिसूचक दुई हजार ८७ बिन्दुमा

सातामा २२ अर्ब ७६ करोड १६ लाखको सेयर किनबेच


काठमाडौं ।
यस साता सेयर बजार परिसूचक दुई हजार ८७ दशमलव २८ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९८ दशमलव ७० अंकमा पुगेर रोकिएको छ । यससाता धितोपत्र बजारमा दुई सय १४ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार दुई लाख सात हजार तीन सय २४ पटकको कारोबारमा चार करोड ५१ लाख २७ हजार छ सय नौ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम २२ अर्ब ७६ करोड १६ लाख तीन हजार नौ सय २१ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १० अर्ब रुपैयाँले कम हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय पाँचवटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार दुई लाख ९९ हजार नौ सय चार पटकको कारोबारमा छ करोड ११ लाख ३८ हजार छ सय ८८ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम ३४ अर्ब ७१ करोड ९० लाख ३८ हजार ५० रुपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन नेप्से घटेको थियो भने बाँकी दिनहरूमा नेप्से बढेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो दिन बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा उकालो लागेको थियो ।

पहिलो दिन बजार परिसूचक ३९ दशमलव ९८ अंकले ओरालो लागेर १९ सय ९८ दशमलव ६५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३३ अंकले ओरालो लागेर तीन सय ८१ दशमलव ४३ अंकमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक आठ दशमलव ५७ अंकले उकालो लागेर दुई हजार सात दशमलव २९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १४ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ५७ अंकमा चढेको थियो ।

तेस्रो दिन बजार परिसूचक पाँच दशमलव ५७ अंकले उकालो लागेर दुुई हजार १२ दशमलव ८९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव १३ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ७४ अंकमा झरेको थियो । चौथो दिन पुनः बजार परिसूचक ४९ दशमलव १७ अंकले उकालो लागेर दुई हजार ६२ दशमलव छ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ८६ अंकले उकालो लागेर तीन सय ९१ दशमलव ३० अंकमा चढेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक २५ दशमलव २१ अंकले उकालो लागेर दुुई हजार ८७ दशमलव २७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव चार अंकले उकालो लागेर तीन सय ९८ दशमलव ७० अंकमा चढेको थियो ।

यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा कम्पनी आदिको बढी रकम कारोबार भएका छन् भने ग्लोबल आईएमई बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, प्रभु बैंक, एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा कम्पनी आदिको बढी सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । सूचीकृत सेयरतर्फ भने यस साता गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर मात्र परेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया