Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारआईसीएफसी फाइनान्सद्वारा सेयर मूल्य समायोजन

आईसीएफसी फाइनान्सद्वारा सेयर मूल्य समायोजन


काठमाडौं ।
आईसीएफसी फाइनान्सले सेयर मूल्य समायोजन गरेको छ । फाइनान्सले साताको पहिलो कारोबार दिन आइतबार १० दशमलव ५० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुई सय ६२ रुपैयाँ तोकेको हो । पछिल्लो पटक दुई सय ९० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको फाइनान्सको बजार पुँजीकरण भने दुई अर्ब ९६ करोड ८९ लाख ७५ हजार छ सय ३० रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा भने फाइनान्सको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब दुई करोड ३७ लाख ८४ हजार सात सय रुपैयाँबराबरको एक करोड दुई लाख ३७ हजार आठ सय ४७ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया